काठमाडौँ महानगरपालिकाले मनायो २७ औँ भूकम्प सुरक्षा दिवस (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आज विभिन्न सचेतनामुलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।
विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।