Logo
२ माघ २०८१, बुधबार
(January 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा विपक्षी दलको बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको छ । बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन सहभागी छन् ।

नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल , नेता बेदुराम भुसाल, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा नेता बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेसपा अध्यक्ष  महेन्द्र राय यादवलगायत सहभागी छन् ।

प्रकाशित मिति: Jan 15, 2025

प्रतिक्रिया दिनुहोस्