रवि लामिछानेको तर्फबाट थुनछेक बहस सकियो
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ। सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत पोखरामा दुई साता देखि प्रतिवादीहरुकाे तर्फबाट बहस जारी छ । जसमा दुई दिन देखि लामिछानेकातर्फबाट भइरहेकाे थियाे ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको दुई दिन देखि जारी बहस आज सकिएको हो । अब सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका चार प्रतिवादीतर्फको बहस बाँकी छ।
लामिछानेकाे तर्फबाट ५ जना वरिष्ठ अधिवक्त्ता र ६ जना अधिवक्त्ताहरुले बहस गरेका थिए। वरिष्ठ अधिवक्त्ताहरु डा. सुशिल पन्त,रमण श्रेष्ठ, डा.नारायण घिमिरे, सुरेन्द्र थापा,राेहित बास्ताेला र हरि सुवेदीले रविमाथि प्रतिशाेधपूर्ण तरिकाले राज्यले कानुनकाे विधि मिचेर मुद्दा दायर गरेकाे दाबी गरेका थिए । उनीहरुले रविलाई चाहेकाे बेला उपस्थित हुनेगरी साधारण तारेखमा छाेड्नु पर्ने दाबी गरे।
यस्तै अधिवक्त्ताहरु राजेन्द्र सेढाई, सुरज बस्नेत,डा नारायणदत्त कडेल,सुधिज्ञा पन्त, सञ्जय गाेले र सुनिता राउतले बहस गरेका थिए । उनीहरुले रविमाथिकाे मुद्दा खारेज हुनुपर्ने माग गरे ।
उनीहरुको तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जबाफी बहस गर्नेछन् । त्यसपछि अदालतले प्रगतिवादीहरूका हकमा पुर्पक्ष, धरौटी वा साधारण तारेख मध्येको एक आदेश गर्नेछ ।