Logo
२३ पुस २०८१, मंगलबार
(January 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समितिमा बाेल्दाबाेल्दै राेकेपछि रामहरि खतिवडाविरुद्ध जङ्गिए हृदयराम थानी

काठमाडाैँ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद हृदयराम थानी आक्रोशित भएका छन् । सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो ।

बैठकमा सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहदा धेरै उजुरीहरु छलफलका लागि किन ल्याएको भन्दै प्रश्न गरेका थिए । थानीले आफु संयोजक रहेको उपसमितिको प्रतिवेदन समेत थन्काएर राखिएको उल्लेख गरेका थिए । ‘संसारभरका उजुरी आएर सक्छ त राज्य व्यवस्था तथा सुशासन समितिले ? आफैकहाँ विधेयक अड्केर बसिराखेका छन्।

संवैधानिक न्यायिक परिषदको विधेयक पारित गरियो, संसदमा गएर सुतेर बसेको छ, भ्रष्टाचारसम्बन्धीको अस्ति पास गर्‍यौं, त्यो अब जाँदै होला।’, उनले भने, ‘संवैधानिक परिषद् विधेयक संसदमा सुतेको छ, अख्तियार विधेयक समितिमा आइसियुमा रहेको छ ।’

सो क्रममा सभापति खतिवडाले रोक्न खोजेपछि थानी आक्रोशित भएका हुन् । उनले आफु बोल्न खोज्दा सधै सभापतिले रोक्न खोजको भन्दै आपत्ती समेत जनाए । उनले भने, ‘समितिमा तपाईं नै बोल्नुस् । ओभरटेक गर्ने ? म बोल्दिनँ’

सभापति खतिवडाले सबैको सहमतिमा विधेयक अघि लैजाने भन्दै सांसद थानीलाई बोल्न आग्रह गरेका थिए । तर सांसद थानीले भने सभापतिको कार्यशैलीको विरोध गर्दै आफ्नो भनाइ अघि बढाउन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति: Jan 6, 2025

प्रतिक्रिया दिनुहोस्