Logo
२३ पुस २०८१, मंगलबार
(January 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्यात प्यालेसको स्तरोन्नति, बन्यो ह्यात सेन्ट्रिक

काठमाडाैँ । ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौँ अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेको छ । यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ । काठमाडौँ सहरको मुटुमा अवस्थित यस होटलले काठमाडौँको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्ने बताइएको छ ।

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँले राजधानी काठमाडौँको सारलाई अनुभव गर्न जीवन्त कला, उत्कृष्ट पाककला तथा नवीन अनुभवहरुको जीवन्त मिश्रण प्रदान गर्ने दावी गरिएको छ ।

सिटि होटल लिमिटेडका कार्यकारी सञ्चालक अक्षय गोल्यानका अनुसार उक्त होटलको प्रत्येक कुनाले काठमाडौँ सहरलाई प्रस्तुत गरेको छ । ‘विस्तृत पुनःनिर्माण तथा नवीकरण पश्चात्, हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौँको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौँ’,  गोल्यानले भने, ‘ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँ खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको छ, र यात्रुहरुलाई कुनै अनुभवको कमी हुन नदिनको लागि आधुनिक स्थानीय स्थान प्रदान गर्दछ ।’

नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटलमा अतिथीलाई स्वागत गर्न आफूहरु आतुर रहेको महाप्रबन्धक वरुण तलवार बताउँछन् । ‘हाम्रो लक्ष्य काठमाडौँको सारलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्नु हो’,  तलवारले भने, ‘मिहिन डिजाइनदेखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमान्चक यात्राको सुरुवात बिन्दु बन्न चाहन्छौँ ।’

होटलमा १५३ आकर्षक कोठाहरू छन् । होटलका अनुसार प्रत्येका कोठामा अतिथिहरूको सहजताका लागि आवश्यक सम्पुर्ण सुविधाहरु उपलब्ध छन् ।

होटलमा यात्रुहरुलाई स्वागत सत्कार गर्न लबीलाई खुला र भब्य पारिएको छ । प्रवेशद्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्वहरू र मूर्तिहरू राखि डिजाइन गरिएको छ। मैत्रीपूर्ण र जानकार कर्मचारीहरूले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पुर्‍याउन आफ्ना स्थानीय ज्ञान बाड्न सदैव तयार रहने होटलले जनाएको छ ।

८,६०० वर्ग फिटभन्दा बढीको आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहररु खानपान सेवासहित उपलब्ध छ । १० देखि ६०० व्यक्ति अटाउने यी स्थानहरु बैठक, विवाह, र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त रहेको र यी सबै स्थानहरु अतिथिहरूको आवश्यकता अनुकूल बनाउन मिल्ने होटलले जनाएको छ । सेंट्रिक लाउन्ज, जिङ स्काई पूल बार र डेक, पुरा दिन सञ्चालन हुने रेस्टुरेन्ट होटलका अन्य विशेषता हुन् ।

प्रकाशित मिति: Jan 6, 2025

प्रतिक्रिया दिनुहोस्