Logo
२३ पुस २०८१, मंगलबार
(January 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल माओवादीको विशेष महाधिवेशन बोलाउन प्रदेश अध्यक्षहरुको दबाब

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरुले तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिएका छन् ।  बैठकमा आफ्नो रिपोर्टिङ प्रस्तुत गर्दै प्रदेश अध्यक्षहरुले तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने तत्लो तहबाट सुझाव आएको भन्दै नेतृत्वलाई दबाब दिएका हुन् ।

यस्तै पार्टीभित्रको आन्तरिक विवाद केन्द्रीय समितिबाट नभई महाधिवेशनबाट हल गर्न पनि उनीहरुको सुझाव छ । राजधानीमा जारी बैठकको पहिलो दिन ७ वटा भूगोल, उपत्यका विशेष र सम्पर्क प्रदेशको रिपोर्टिङ सकिएको छ भने प्रवास प्रदेशको जारी रहेको माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । प्रदेशको रिपोर्टिङ सकिएपछि अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Jan 5, 2025

प्रतिक्रिया दिनुहोस्