Logo
२१ पुस २०८१, आईतबार
(January 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूर्यदर्शन सहकारी ठगी प्रकरण: रविलगायत प्रतिवादीहरूको तर्फबाट बहस हुँदै

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत प्रतिवादीका तर्फबाट बहस हुँदै छ।

आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् ।

यसअघि मङ्गलवार र बुधवार दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो भने बिहीबार जाहेरवालाका तर्फबाट बहस भएको थियो । एक सय २१ जना जाहेरवालाको तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

क्त मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस जारी छ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए। अन्य प्रतिवादी भने फरार छन्। पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत ४४ प्रतिवादी छन्।

प्रकाशित मिति: Jan 3, 2025

प्रतिक्रिया दिनुहोस्