Logo
२० पुस २०८१, शनिबार
(January 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीले बुझायो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन

काठमाडौँ । प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । ४४ जनालाई प्रतिवादी कायम गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ । प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७०  रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ ।

कार्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उप-समिति सदस्य कमल लामा पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीहरू मध्ये ५ जना थुनामा छन् । रवि लामिछाने र पूर्व डीआईजी जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् ।

अन्य प्रतिवादीहरूलाई प्रहरीले फरार सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रकाशित मिति: Jan 2, 2025

प्रतिक्रिया दिनुहोस्