Logo
२१ पुस २०८१, आईतबार
(January 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४।८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।
यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पुस ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसै गरी पुस ५ गते बाजुरामा ५।२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ३ गते बझाङमा ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: Jan 2, 2025

प्रतिक्रिया दिनुहोस्