Logo
२१ पुस २०८१, आईतबार
(January 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशासनबाटै समृद्धि आउँछ : गृहमन्त्री लेखक

गृहमन्त्री  रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान कन्द्रित गरेको बताएका छन्।  चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस÷जिआइएस प्रणालीमा आधारित  ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको आज यहाँ शुभारम्भ गर्दै उनले सुशासनमार्फत नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका हुन्।

गृहमन्त्री लेखकले भने, “चन्द्रागिरि  नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/ जिआइएस प्रणालीमा आधारित  ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणलाई अन्य पालिकाले पनि सिक्नुपर्ने र कार्यान्वयनमा ल्याउनुपर्ने काम हो। यसका लागि संघीय सरकारले सहयोग गर्नेछ।”

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै स्मार्टसिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिँदै यसकार्यलाई जिपिएस÷जिआइएस प्रणालीमा आधारित  ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले डिजिटल घर नम्बर तथा सडक चोकको नामकरण सहितको प्लेट जडान गर्नु एउटा कामको सुरुआत मात्र हो, वास्तविक कार्य अब सुरुआत हुने बताए। उनले भने “यसैका आधारमा नगरपालिकाका सबै सेवालाई क्रमशः एकीकृत गरी सेवा प्रवाह हुने प्रयास गरिनेछ।”

कार्यक्रममा सांसदद्वय राजेन्द्रकुमार केसी र कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै ‘स्मार्टसिटी’ बनाउने लक्ष्यलाई जिपिएस÷जिआइएस प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे। चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि – १५ का वडाध्यक्ष घनश्याम लुईँटेलले  चन्द्रागिरिलाई ‘स्मार्टसिटी’मा  रुपान्तरण गर्ने कार्यमा साथ र सहयोग पुर्‍याउन नगरवासीसँग आग्रह गरे।

 

प्रकाशित मिति: Jan 2, 2025

प्रतिक्रिया दिनुहोस्