Logo
२० पुस २०८१, शनिबार
(January 2, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट जाहेरीवालाको बहस

काठमाडौं, पुस १८ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा जारी थुनछेक बहसमा आजबाट जाहेरीवालाको तर्फबाट बहस सुरु हुँदैछ ।

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी रहेको थुनछेक बहसमा हिजो बुधबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको तर्फबाट बहस सकिएपछि आजबाट जाहेरीवालाको बहस सुरु हुन लागेको हो ।

सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका छन् ।

अहिले कास्की जिल्ला अदालतमा रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथी बहस चलिरहेको हो । यस प्रकरणमा अव जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।

प्रकाशित मिति: Jan 2, 2025

प्रतिक्रिया दिनुहोस्