Logo
२० पुस २०८१, शनिबार
(January 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अडिट अवधिभर बिदा नबस्न कर्मचारीलाई काठमाडौं महानगरको निर्देशन

१७ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने समवाधिभर बिदामा नबस्न सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवम् राजस्व हेर्ने कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

बुधबार प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले एक सूचना जारी गर्दै महालेखा परीक्षकको कार्यालयले अडिट गर्ने समयावधिमा बिदामा बस्न नसकिने भन्दै यस्तो निर्देशन दिएका हुन् ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ,’महानगरको आव २०८०/८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरू तथा सबै वडा सचिव/लेखा प्रमुख/राजस्व हेर्ने कर्मचारीहरूले आव २०८०/८१को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदामा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्न नगराउनु हुन यसैपत्रबाट जानकारी गराइन्छ ।’

हेर्नुहोस् सूचना :

प्रकाशित मिति: Jan 1, 2025

प्रतिक्रिया दिनुहोस्