भीम रावलको पत्रकार सम्मेलन, केपी अोली सत्ताको दुरूपयोग गरेर तानाशाह बन्न खोजेको आरोप (तस्बिरहरू)
काठमाडौं, १७ पुष । एमालेबाट निश्काषित डा. भीम बहादुर रावलले अहिले भ्रष्टाचारमा परेका ठूला भनिएकाहरुलाई जोगाउने काम भएको भन्दै आक्रोश पोखेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धपनि फितलो बनाईएको भन्दै असन्तुष्टि पोखेका छन् ।
एमालेबाट निश्काषनमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै रावलले आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन् । उनले अहिले देश र जनताको अवस्था दयनीय बनाईएको टिप्पणी गरे । उनले सत्ताका बागडोर लिएकाहरुले भ्रष्टाचारलाई प्रशय दिइरहेको आरोप लगाए ।
उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए । उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको सुनाए ।
उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पारे ।