Logo
१९ पुस २०८१, शुक्रबार
(December 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीका विद्यार्थीलाई महालक्ष्मी विकास बैंकले दियो छात्रवृत्ति

महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशको १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेर काठमाडौँमा अध्ययन गर्न चाहने जेहेन्दार तथा निम्न वर्गका विद्यार्थीका लागि छात्रवृत्ति रकम प्रदान गरेको छ।

बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्र कालीकोटसँगको समन्वयमा बैंकको काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति बराबरको रकम प्रदान गरेको हो।

जसअन्तर्गत कर्णाली प्रदेशका १० जिल्लाका सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरी काठमाडौँ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर आर्थिक अवस्था कमजोर भएका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको रकम प्रदान गरिएको हो।

यसरी सामाजिक उत्तरदायित्त्वअन्तर्गत बैंकले छात्रवृत्ति उपलब्ध गराउँदा आर्थिक अभावमा जेहेन्दार तर विपन्न विद्यार्थीहरूको उच्च शिक्षा हासिल गर्ने चाहनाले मूर्त रुप लिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप बैंकले यस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीतिलाई व्यावहारिकतामा उतार्दै बैंकको मोबाइल एप्लिकेशन परिष्कृत गरेर “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।

प्रकाशित मिति: Dec 31, 2024

प्रतिक्रिया दिनुहोस्