Logo
१९ पुस २०८१, शुक्रबार
(December 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिम नेपालमा लगातार भूकम्प

काठमाडौँ  । पश्चिम नेपालमा पटक–पटक भूकम्प जानु सामान्य रहेको विज्ञहरूले बताएका छन् । तर यसबाट जोगिनका लागि ‘आफू र आफ्नो परिवार जोगाउन सक्छु ’ भन्ने सोचले सतर्कता अपनाउनु पर्ने सुझाएका छन् ।

मुलुक नै भूकम्पको जोखिममा रहेकाले व्यक्ति आफू र आफ्नो परिवार जोगाउन सक्छु भन्ने तरिकाले सतर्क हुनुपर्ने जानकारहरू सुझाव दिन्छन् । यो सोचले आफूलाई सतर्क राखेमा मानवीय क्षति कम हुने भूकम्पविद् डा. सुवेदी सुझाउँछन् ।

‘जोगिनका लागि पहिले नै तयारी गरेको हुनुपर्छ,’ उनले भने, ‘भूकम्प जतिबेला पनि जान्छ म र मेरो परिवारलाई बचाउन यसो यसो गर्छु भनेर सोच्नु पर्‍यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुपर्‍यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ ।’

बैतडी केन्द्रबिन्दु बनाएर आज (मंगलबार) बिहान मात्रै ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि पनि पटक पटक बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।

प्रकाशित मिति: Dec 31, 2024

प्रतिक्रिया दिनुहोस्