Logo
१७ पुस २०८१, बुधबार
(December 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमरा विमानस्थल प्रहरी कार्यलय सहयोगीको हत्या आरोपी सार्बजानिक

 

आइतबार सिमरा विमानस्थल प्रहरी कार्यलय सहयोगी रुम्वाको हत्या आरोपित प्रहरीले सार्बजानिक गरेको छ।

गत पौष ६ गते मधेश प्रदेश स्थित बाराको सिमरा विमानस्थलमा रहेको प्रहरी कार्यलयको कार्यालय सहयोगी राजकुमार रूम्बा रोकिराखेको कारमा मृत फेला परेको थियो ।

रुम्वा हत्याका आरोपिहरु एक सातापछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराले हत्यामा संलग्न रहेको आरोपमा एक सातापछि पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो।

गत पुस ६ गते बिहान ९ :१५ बजे जितपुर सिमरा उपमहानगरपालिका-११ स्थित बकुलियादेखि रमौली लोसन्डा सडकमा एउटा कार भेटिएको थियो।

उक्त कार भित्र प्रहरी कार्यलय सहयोगी रूम्‍बा मृत अबस्थामा भेटिएका थिए।

रुम्बाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जितपुर सिमरा-१९ का २७ वर्षीय पुरूषोत्तम कुमार दास, २० वर्षीय इन्द्रजित कुमार चौहान र श्रीकान्त तिवारी छन्।

पुरूषोत्तम जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक हुन्।

तिवारी राष्ट्रिय अनुसन्धान कार्यालय बारामा दरबन्दी भई विमानस्थल कार्यालय सिमरामै कार्यरत अनुसन्धान अधिकृत हुन्।

एसपी महेन्द्र खड्काका अनुसार यस घटना मुख्य योजनाकार आरोपी पुरूषोत्तम र सहयोगीका रूपमा इन्‍द्रजित देखिएका छन्।

बागमती प्रदेश ०१-०२८ घ ७६१६ नम्बरको कार अनुसन्धान अधिकृत तिवारीको हो।

उक्त कार भित्र प्रहरी कार्यलय सहयिगी रुम्बा मृत अबस्थामस  भेटिएका थिए।

मृतक परिवारले तिवारी विरूद्ध किटानी जाहेरी दिएका छन।

बारा प्रहरीलाई गत पुस ६ गते बिहान एउटा कारका चालक बेहोस अवस्थामा छ भनेर सूचना आएको थियो।

उक्त सूचनापछि जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट टोली घट्ना स्थलमा पुगेको थियो।

प्रहरी घट्ना स्थल पुगेेर हेर्दा चालक बेहोस नभइ मृत रहेको खुलासा भएको थियो।

मृतकको टाउकोमा चोट समेत देखिएको र  चोट कुनै पेस्तोलबाट गोली प्रहार गरिएको जस्तो देखिन्थ्यो। तर टाउकोको पछाडिबाट गोली छेडिएको भने थिएन गोलि प्रहार नै भएको हो कि होइन भन्नेबारे पनि प्रहरीले यकिन गर्न खोजेको सकेन र घट्ना स्थलको मुचुल्का गरेर प्रहरीले रूम्बाको शव पोस्टमर्टमका लागि कोशी प्रादेशिक अस्पतालमा पठाएको थियो।

पोस्टमर्टम रिपोर्टमा पनि मृतकको टाउकोमा एउटा गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताए ।

रिपोर्टमा टाउकोमा गोलीबाट लागेको चोटका कारण मृत्यु भएको उल्लेख छ।

गोली प्रहार गरी हत्या भएको पुष्टि भएसँगै प्रहरीले थप अनुसन्धान थालेको थियो।

त्यसैबीच प्रहरीले इन्द्रजित र पुरूषोत्तमलाई पक्राउ गरेको थियो।

इन्द्रजितले नै रूम्बालाई गाडी रिजर्भका लागि मगाएको खुलेको छ।

पौष ५ गते साँझ इन्द्रजितले रुम्बालाई फोन गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

रूम्बाले राति करिब साढे ९ बजेतिर सदरमुकाम जाने भन्दै अधिकृत श्रीकान्तसँग गाडी लिएर गएका थिए।

‘रूम्बा गाडी लिएर गएपछि इन्द्रजित पुर्षौतम पनि  कारमै थिए उनीहरू दुई जना साथी पनि हुन्,’ एसपी खड्काले भने, ‘सँगै जाँदै गर्दा बीच बाटोमा पिसाब फेर्नुपर्‍यो भनेर रोक्न लगाएको देखिन्छ।’

कार रोक्न लगाएर पुरूषोत्तमले पछाडिबाट गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी खड्काले बताए।

गोली प्रहार गरेर भागेका उनीहरूले पेस्तोल पनि बाटोमै खसालेको बयान दिएका छन्।

उक्त पेस्तोल अहिले फेला पारेको छैन।

प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्याको दुइवटा कारण हुनसक्ने विश्लेषण गरेको छ।

मृतक र पुरूषोत्तमबीचको पुरानो रिसइबी र लुटपाटको योजना समेत हुनसक्ने प्रहरीको भनाइ छ।

‘दुई जनाबीच एक पटक पहिल्यै झगडा भएको भनेर पुरूषोत्तमले स्वीकार गरेका छन्,’ एसपी खड्काले भने, ‘लेनदेनको विषय भनेका छन्। तर कति रकमबारे हो भनेर भनेका छैनन्। अरू कारण केही छन् कि भनेर पनि अनुसन्धान हुँदैछ।’

पुरूषोत्तमको ऋण भएको खुलेको छ। घटनास्थलमा नभेटिएको मृतक रूम्बाको सुनको सिक्री र पर्स प्रहरीले पुरूषोत्तमको गोजीमा फेला पारेको छ।

प्रहरीले  घट्नाको थप अनुशन्धान गरिरहेको छ।

प्रकाशित मिति: Dec 29, 2024

प्रतिक्रिया दिनुहोस्