Logo
१३ पुस २०८१, शनिबार
(December 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताले परिवर्तनको आभास गर्न सकेन, दुई तिहाइको सरकारले केही गरेन : बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई तिहाइको सरकारबाट पनि जनताले परिवर्तनको आभास नगरेको बताएका छन् ।

शुक्रबार कोटेश्वरमा आयोजित महोत्सव उद्‌घाटन कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो धारणा राखेका हुन् । तिनकुनेमा सरकारले अधिग्रहण गरेको जग्गाको सन्दर्भ निकाल्दै मेयर शाहले यस्तो बताएका हुन् ।

पचासौँ वर्षदेखि यहाँका सर्वसाधारणको जग्गा लुटिए पनि सरकार नबोलेको उनको आरोप छ ।  ‘पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा विपक्षीले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि त दुई तिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रक्रिया अघि बढेको छैन,’ मेयर शाहले भने ।

तीनकुने पार्क व्यक्तिको जग्गा लुटेर राखिएको स्थान रहेको भन्दै उनले यहाँको मुआब्जा दिन सरकारले प्रक्रिया छिट्टै थालोस् भन्ने शुभकामना पनि दिए । ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि हुँदैन,’ शाहले भने ।

उनले कोटेश्वरमा वडा समिति देखि गृहमन्त्री, प्रधानमन्त्री, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै भएको भन्दै अहिले यो काम नभए कहिल्यै नहुने ठोकुवा गरे । यो जग्गा सर्वसाधारणबाट लुटिएको पनि उनले बताए ।

प्रकाशित मिति: Dec 27, 2024

प्रतिक्रिया दिनुहोस्