२५ जना न्यायाधीशको सामुहिक सरुवा (सूचीसहित)
न्याय परिषद्ले २५ जना न्यायाधीशहरलाई सामुहिक सरुवा गरेको छ । केही उच्च र केही जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।
शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो।
सरुवा सुचि अनुसार विषेश अदालतमा रहेका खुसीप्रसाद थारु सरुव भएर अब उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा पुगेका छन् ।
उच्च अदालत पाटनमा रहेर राजस्व न्यायाधीशरणमा काज भएका रमेश ढकाल उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुगेका छन् । बुटवल इजलासमा रहेका दीपेन्द्र अधिकारी उच्च अदालत पोखरामा सरुवा भएका छन् ।
हेर्नुहोस् सरुवा सूची :