Logo
१२ पुस २०८१, शुक्रबार
(December 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रिन भीम रावलको अपिल

११ पुस, काठमाडौं । नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रन भीम रावलले अपिल गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका हुन् ।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन् ।

उनले एमाले कार्यकर्तालाई विरोधमा उत्रन अपिल गरेका हुन् ।

रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई ओलीको सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भनेका छन् ।

बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Dec 26, 2024

प्रतिक्रिया दिनुहोस्