Logo
११ पुस २०८१, बिहीबार
(December 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाजरकोटमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौं, पुस ११ । जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

आज बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

राजनधानी काठमाडौंमा पनि यसको धक्का महसुस भएको थियो। यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो मात्रामा क्षति गराएको थियो।

प्रकाशित मिति: Dec 26, 2024

प्रतिक्रिया दिनुहोस्