Logo
१० पुस २०८१, बुधबार
(December 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

काठमाडौँ । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा सम्पन्न ५१ औँ महाधिवेशनबाट सन् २०२५ का लागि थापा राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी हुन् ।

उनले ७६२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत पाएका थिए ।

नेपाल जेसीजको इतिहासमा २६ वर्षपछि महिला अध्यक्ष निर्वाचित भएकी हुन् ।

यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । जसमा गणेश सापकोटा, कृष्ण सापकोटा, एलिना महर्जन र सौरभ श्रेष्ठ निर्वाचित भएका हुन् । उक्त पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै राष्ट्रिय उपाध्यक्षमा १२ जना निर्वाचित भएका छन् । जसमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल रहेका छन् ।

महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ । १७८ शाखा रहेको जेसीजमा एक हजार दुई सयभन्दा बढी मतदाता थिए ।

प्रकाशित मिति: Dec 24, 2024

प्रतिक्रिया दिनुहोस्