Logo
७ पुस २०८१, आईतबार
(December 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली प्रमणपत्र पेस गरेर बढुवा हुँदा अख्तियारले समात्यो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा खाएको उजुरी अख्तियारमा परेको छ ।

सो सम्बन्धमा उनले नक्क्ली प्रमाणपत्र पेश गरी जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको भन्दै अख्तियारले कैद र जरिवाना सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: Dec 22, 2024

प्रतिक्रिया दिनुहोस्