एमालेभित्र बिमति जनाउने तर सही बाटो पहिल्याउन नसक्ने प्रवृत्ति देखियोः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का केपी शर्मा ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्गति परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा ओलीले देश र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
चीनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताए । पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने उनको जोड थियो ।