Logo
२९ पुस २०८१, सोमबार
(December 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेरोजस्तो नियति नहोस भनेर मेरिटको आधारमा नियुक्ति गर्न लागिएको हो : उपकुलपति बराल

२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केसरजंग बरालले आफ्नो जस्तो नियति नहोस् भनेर मेरिटको आधारमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न लागेको बताएका छन् ।

सभामा सदस्यहरुले मेरिटबारे प्रश्न उठाएपछि उपकुलपति बरालले मेरिटको पहिलो नम्बरमा रहेकोलाई नियुक्त गर्न खोजिएको बताए ।

आफू २ नम्बरमा परेर पनि भीसी भएको भनेर आलोचना हुने गरेको भन्दै उपकुलपति बरालले भने, ‘जसरी मलाई  २ नम्बरको भनिराख्नु भएको छ । मैले जस्तो खेप्न नपरोस भनेर नियुक्तिमा ढिलाइ भएको हो ।’

त्रिविको ८ डिन र १८ वटा क्याम्पसमा प्रमुख नियुक्ति गर्नुपर्ने  छ  । प्रधानमन्त्री केपी ओलीले आगामी ७ पुससम्म डिन नियुक्ति गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति: Dec 12, 2024

प्रतिक्रिया दिनुहोस्