Logo
१२ पुस २०८१, शुक्रबार
(December 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यवस्थताको कारण स्थगीत भएको हो ।

यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो।

तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि सारिएको छ ।

आजको बैठकले सक्रिय राजनीतिमा फर्किएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिनेबारे निर्णय गर्ने तयारी थियो । विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा दुई कार्यकाल उपराष्ट्रपति रहेका पुन पछिल्ला दिनमा माओवादी केन्द्रको बैठकमा सहभागी हुन थालेका छन् ।

उपराष्ट्रपति हुनुअघि पार्टी स्थायी समिति रहेका पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाहमा राजनीतिमा फर्किएका पुनको जिम्मेवारी निर्धारण हुने माओवादीले जनाएको छ ।

प्रकाशित मिति: Dec 12, 2024

प्रतिक्रिया दिनुहोस्