Logo
२७ पुस २०८१, शनिबार
(December 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाजा र घरेलु मदिराको ब्रान्डिङ गर्ने विषयलाई तत्काल कानुनी रूप दिन जरुरी छ : महत

काठमाडौँ । सांसद प्रकाशशरण महतले लगानीमा अहिले पनि समस्या रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत  अर्थ समितिमा बुधवार भएको छलफलमा बोल्दै उनले लगानीको वातावरणका लागि कानुनले बाधा सिर्जना गरेको बताए।

‘त्यसकारण लगानी आउन सकेको छैन । यस्ता कानुन सरकारले संशोधन गरिनुपर्छ,’ सांसद महतले भने- ‘अन्तर्राष्ट्रिय लगानीको प्रतिस्पर्धा ठुलो छ । सबै नेपालमै लगानी गर्न आउँछन् भन्ने छैन त्यसैले सहज वातावरण बनाउनुपर्छ ।’

कन्ट्रिरेटिङको प्रावधानले विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण सिर्जना गरिदिएको उनको भनाइ छ ।  यसैगरी गाजा र घरेलु मदिराको ब्रार्ण्डिङ  गर्दा राजस्व सङ्कलनमा सुधार हुनकासाथै देशमा रोजगारी सिर्जना हुने बताए ।

‘गाजा र घरेलु मदिराको ब्रार्ण्डिङ गर्ने कुरा अहिलेसम्म अड्किएको छ । हाम्रो देशमा सहज उत्पादन गर्न सकिने अवस्था छ तर कानुनी प्रावधान हटाएर छिटोभन्दा छिटो सहज बनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि कानुनी रूप चाँडै दिन जरुरी छ ।’

प्रकाशित मिति: Dec 11, 2024

प्रतिक्रिया दिनुहोस्