Logo
२६ मंसिर २०८१, बुधबार
(December 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थतन्त्र समस्यामा छ, म सन्तुष्ट छैनः अर्थमन्त्री पौडेल

काठमाडौं, २६ मंसिर । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले देशको अर्थतन्त्र समस्या र दवाबमा रहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले समग्र आर्थिक स्थितिमध्ये केही सूचक राम्रो रहेपनि त्यसबाट आफू सन्तुष्ट नरहेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल पनि भइरहेको बताए ।

‘समग्र आर्थिक स्थितिमध्ये केही सूचक राम्रो छ । शेयर बजारलगायतमा गतिशील बनेको छ । तपाईँहरू सन्तुष्ट हुनुहुन्न, म स्वयम् पनि छैन,’– उनले भने ।

पौडेलले राजस्व परिचालनको सन्दर्भमा भने गत वर्षको तुलनामा राम्रो सुधार भएको बताए । उनले अघिल्लो वर्ष यही अवधिमा राजस्व परिचालन ३ प्रतिशत रहेकोमा अहिले १७ प्रतिशत पुगेको बताए ।

प्रकाशित मिति: Dec 11, 2024

प्रतिक्रिया दिनुहोस्