Logo
६ पुस २०८१, शनिबार
(December 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघमा कांग्रेस र एमालेबीच भागबन्डा, अध्यक्षमा चौतारीबाट शर्माले उम्मेदवारी दिँदै

काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा भएको छ । २८ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमाले निकट प्रेस चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ । बाँकी कांग्रेस निकट युनियनबाट उम्मेदवारी हुनेछ । प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ ।

कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ । बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिएको छ ।

जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । ४५ युनियन जिल्ला अध्यक्ष युनियन र ३२ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी छ ।

सहमति अनुसार महासंघको अध्यक्षमा चौतारीबाट वरिष्ठ पत्रकार निर्मला शर्माले उम्मेदवारी दिँदैछिन् । शर्मा निर्वाचित भएका पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्नेछिन् ।

प्रकाशित मिति: Dec 6, 2024

प्रतिक्रिया दिनुहोस्