Logo
११ पुस २०८१, बिहीबार
(December 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुटानका राजाले गरे स्वयम्भूमा पूजापाठ (तस्वीरहरू)

२१ मंसिर, काठमाडौं । निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भुनाथ पुगेर पूजा गरेका छन् । स्वयम्भुमा पूजा गरिसकेर उनी बौद्ध प्रस्थान गरेका छन् ।

बौद्धनाथमा पनि पूजा गरिसकेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फर्किने कार्यक्रम छ ।

भुटानका राजा वाङचुक आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् ।

विमानस्थलबाट उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए । पूजा र प्रार्थनापछि उनले त्यहाँ तस्वीर खिचाएका थिए ।

त्यसपछि उनी स्वयम्भूबाट किमडोल–भगवान पाउ–शोभा भगवती–सोह्रखुट्टे–लैनचौर–केशरमहल–संग्रहालय गेट–जयनेपाल हल–कृष्ण पाउरोटी–ल्होत्से चोक–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–चुच्चेपाटी हुँदै बौद्धनाथ प्रस्थान गरेका हुन् ।

बौद्धनाथमा पूजा गरिसकेपछि उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।

भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।

प्रकाशित मिति: Dec 6, 2024

प्रतिक्रिया दिनुहोस्