Logo
२४ पुस २०८१, बुधबार
(December 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बीआरआई फ्रेमवर्क’ सम्झौता अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतालाई विस्तृत अध्ययन गरेर मात्र आफ्नो धारणा अगाडि सार्ने भएको छ ।

बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेपाल र चीनबिच भएको ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसन सम्झौताबारे हतारमा धारणा नबनाउने नीति लिएको हो । नेपाल र चीनबिच बुधबार बिहान ‘फ्रेमवर्क फर बीआरआ‌ई कोअपरेसन’ְमा सम्झौता भएको थियो ।

फ्रेमवर्क अन्तर्गत १० वटा परियोजना अगाडि बढाउने दुई पक्षबिच सहमति भएको थियो । यस सम्बन्धमा नेताहरूले अध्यक्ष प्रचण्डको धारणा मागेका थिए । तर नेपाल र चीनबिच भएका सम्झौताबारे थप बुझेर जवाफ दिने भएपछि बीआरआईमा छलफल नभएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

‘बी आरआईबारे केही छलफल भएन । बैठकमा प्रश्न उठेका थिए । तर यस विषयमा अध्यक्षले थप अध्ययन र बुझेर मात्र जवाफ दिने भनेपछि अरू छलफल भएन’,  गजुरेलले भने ।

प्रकाशित मिति: Dec 5, 2024

प्रतिक्रिया दिनुहोस्