Logo
२८ पुस २०८१, आईतबार
(December 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानकी मन्दिरमा १०८ मिटरको चुनरी अर्पण

जनकपुरधामको सीताराम गौशालाले १०८ मिटरको चुनरी जानकी मातालाई अर्पण गरेको छ।

सीताराम गौशालाद्वारा चढाइएको सो चुनरी सुरतको जिनमाता ट्रष्टले उपलब्ध गराएको हो। रामजानकीको तिलकभन्दा पूर्व सीताराम गौशालाका अध्यक्ष मनोज रुगंटाको नेतृत्वमा बुझाइएको उक्त चुनरीलाई लिएर सयौँ भक्तजन जानकी मन्दिरमा पुगेका थिए।

मन्दिर पुग्नुपूर्व चुनरीलाई लिएर नगर परिक्रमा गरिएको थियो। चुनरीसहित परिक्रमा भइरहेको वेला स्थानीयवासीले चुनरी माथि पुष्प वर्षाएका थिए।

एकातिर जानकी माता र भगवान् रामको तिलक भइरहेको छ भने अर्कोतर्फ चुनरी कार्यक्रमले विवाहपञ्चमी उत्सवकै रौनकता थपेको जानकी मन्दिरका पुजारी रामतपेश्वर दास वैष्णवले बताए।

उक्त कार्यक्रममा पूर्वमन्त्री एवं सांसद जुली महतो लगायत राजनीतिकर्मी पनि सहभागी थिए।

प्रकाशित मिति: Dec 4, 2024

प्रतिक्रिया दिनुहोस्