Logo
२८ पुस २०८१, आईतबार
(December 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार रनआउटका बाबजुद लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको विशाल लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।

चारजना ब्याट्सम्यान रन आउट भए पनि लुम्बिनीले प्रतियोगिताकै हालसम्मको उच्च योगफल खडा गरेको हो ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले २९ बलमा २ छक्का र चार चौका प्रहार गरेका थिए । विराटनगरले अनुशासनहिन बलिङ गर्दै २९ अतिरिक्त रन खर्चिएको थियो जसमा १४ वाइड थिए ।

विराटनगरको फिल्डिङ भने चुस्त र सटिक थियो । लुम्बिनीले महत्वपूर्ण विकेटहरु रनआउटमा गुमायो । ओपनर आसुतोष घिरइया, टम मुर्स, सन्दीप जोरा र बेन कटिङ रनआउट भएका थिए ।

तर, लुम्बिनीलाई आक्रामक ब्याट्सम्यानको कमि भएन । आठौं नम्बरमा आएका विवेक यादवले ७ बलमा ३ छक्कासहित १९ रन हान्दै टिमको स्कोर उकासेका थिए ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले आज कसिलो बलिङ गरे । उनले चार ओभरमा २६ रन खर्चेर एक विकेट लिएका छन् । प्रतियोगितामा उनको यो पहिलो सफलता हो । थप दुई विकेट इस्मात आलम र राजेश पुलामीका नाममा रह्यो । प्रतिस जिसीले ३ ओभरमा १६ रन मात्रै खर्चिए ।

प्रकाशित मिति: Dec 4, 2024

प्रतिक्रिया दिनुहोस्