रास्वपाको प्रदर्शनमा प्रहरीद्वारा पानीको फाेहोरा र अश्रुग्यास प्रहार
काठमाडौं । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।
चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा दुईपक्षीय भिडन्त भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले लाठीचार्जसमेत गरेको छ ।
प्रहरी कार्यालय नजिकै रहेको सरकारी वकिल कार्यालयमा सभापति रवि लामिछानेको बयान चलिरहँदा उनको समर्थनमा प्रदर्शन भएको हो ।