Logo
२८ पुस २०८१, आईतबार
(December 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक : कुलमान घिसिङ

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन्।

उनले प्राधिकरणले केही समयका लागि आरोआर र पिआरोआरका आयोजनाहरू पीपीएमा स्थगित भए पनि २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए। उनले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजना आउन सक्ने बताए। उनले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजना आउन नसक्ने बताए।

उनले १२ हजार मेगावाटको पीपीए सम्झौतामा हस्ताक्षर गरे पनि १२ हजारकै आयोजना आउन नसक्ने बताए। उनले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजना आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताए। कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावाटको पीपीएमा वैदेशिक लगानी, प्राधिकरणले गर्ने, रिजर्भर आयोजनाहरू र सोलार पनि समावेश गरिएको बताए।

उनले सोलार उत्पादनका लागि प्राधिकरणले करिब ८ सय मेगावाटको माग गर्दा ३६ सय मेगावाटको प्रस्ताव आएको बताए। उनले  विद्युत् प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताए। उनले सुक्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न नसक्ने अवस्था रहेको बताए। उनले प्राधिकरणले २०० मेगावाटका सोलार आयोजना अगाडि बढाएको बताए।

घिसिङले भने, ‘२८ हजार ५ सय मेगावाटको लक्ष्य खुला भएपछि पीपीएमा फेरि पनि खोल्नुपर्नेछ। बजार बन्द गरेर आयोजना आउँदैनन् भन्ने अवस्था हेर्नुपर्छ। प्राधिकरणले केही जोखिम लिएन भने आयोजनाहरू आउँदैनन्। १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरे पनि १२ हजार नै आउँछ भन्ने छैन।’

उनले जलविद्युत् क्षेत्रका समस्या समाधान गर्ने गरी नीतिहरूलाई सहजीकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए। उनले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरू परिमार्जन गर्न लागिएको बताए।

नेपालमा २८ हजार मेगावाटको पीपीए भयो भने आरोरा र पीआरोआर आयोजना ३० हजारभन्दा बढी आउने नदेखिएको बताए।

प्रकाशित मिति: Dec 3, 2024

प्रतिक्रिया दिनुहोस्