Logo
२८ पुस २०८१, आईतबार
(December 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 रविलाई बयानको लागि सरकारी वकिलको कार्यालय पुर्याईयो, कार्यकर्ता र प्रहरीबीच झडपको अवस्था

काठमाडौं, १८ मंसिर । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानको लागि चितवन लगिएको छ । यसअघि काठमाडौंको कालिमाटी मुख्यालयमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयानको लागि लामिछानेलाई काठमाडौं ल्याईएको थियो ।

काठमाडौंमा लगातारको बयान सकिएपछि उनलाई आज चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन चितवन लगिएको हो । उनलाई जहाजमार्फत चितवन लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले लामिछानलाई बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालय लगेको छ । सो क्रममा रविका समर्थक र प्रहरीबीच केहीबेर झडपको अवस्था सिर्जना भएको थियो ।

रवि चितवन–२ बाट निर्वाचित सांसदसमेत हुन् । लामिछानेलाई कास्की र रुपेन्देहीमा पनि बयान लिईसकिएको छ । अब पर्साबाट पक्राउ पुर्जी जारी हुन लागेको बताईएको छ । प्रहरीले पक्राउको लागि अदालतसमक्ष अनुमति मागिसकेको छ ।

प्रकाशित मिति: Dec 3, 2024

प्रतिक्रिया दिनुहोस्