Logo
१९ मंसिर २०८१, बुधबार
(December 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कीर्तिपुर मतगणना अपडेट: कांग्रेसका डंगोलसँग मतान्तर घटाउँदै एमालेका मानन्धर

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ ।

सोमबार दिउँसो साढे १ बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्। कांग्रेसका डंगोलले अहिलेसम्म एमालेका उम्मेदवारभन्दा करिव साढे ३ सयको मतान्तर कायम राखेका छन् । यसअघि कांग्रेस र एमालेबीच ५१४ मतको फरक थियो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार डंगोल २ हजार ४२० मतसहित अगाडि भइरहेका हुन्। उनी एमाले उम्मेदवार डा.सुरेन्द्र मानन्धरभन्दा ३५९ मतले अघि भएका हुन्। मानन्धरले अहिलेसम्म २ हजार ६१ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले हालसम्म १ हजार ६७४ मत पाएका छन्।

प्रकाशित मिति: Dec 2, 2024

प्रतिक्रिया दिनुहोस्