Logo
२९ पुस २०८१, सोमबार
(December 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बयान प्रमाणिकरणका लागि रवि लामिछानेलाई सरकारी वकिल कार्यालय पुयाईयो

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ ।  आइतबार बयान सकिएको लामिछानेको बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिल कार्यालय पुर्याइएको हो ।

काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न बिहिबार काठमाडौँ ल्याइएका उनीसँग शुक्रबार र आइतबार बयान लिइएको हो । आइतबार बयान सकिएको उनको बयान प्रमाणिकरणका लागि सोमबार सरकारी वकिल कार्यालय पुर्याएको हो  ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा दुई दिन देखि जारी बयानका क्रममा लामिछानेमाथि कालीमाटीको स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित रहेर ६० वटा प्रश्न सोधिएको थियो । आजको उनको बयानको रुजु र प्रमाणिकरण हुने एक अधिकारीले बताए ।

लामिछानेलाई सहकारी ठगी आरोपमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ ।

उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ । यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ । उनलाई रुपन्देही लगेर बयान गराईसकिएको छ भने अहिले काठमाडौँमा बयानका लागि ल्याइएको छ । लामिछानेलाई काठमाडौंबाट पोखरा फर्काइने र त्यहाँबाट चितवन लैजाने तयारी छ ।

प्रकाशित मिति: Dec 2, 2024

प्रतिक्रिया दिनुहोस्