रामेछापको गोकुलगंगा गाउँपालिका उमाकुण्डमा शोक बिदा
काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
४१ पदका लागि ३७७ जना मैदानमा उत्रिँदा रामेछापको गोकुलगंगा गाउँपालिकामा भने आज शोक बिदा परेको छ । पालिकाका वडाध्यक्ष रामचन्द्र बस्नेतको निधन भएपछि त्यहाँ आज शोक बिदा दिईएको हो । शुक्रबार काठमाडौंबाट उमाकुण्ड गाउँपालिका ४ बेतालीका लागि छुटेको ना १ ज ७१२३ नम्बरको जीप दुर्घटना हुँदा बेतालीका वडाध्यक्ष बस्नेतसहित ५ जनाले ज्यान गुमाएका थिए । बस्नेतको निधनको शोकमा आज पालिकाभर बिदा दिईएको छ ।
शुक्रबार भएको दुर्घटनामा ३० वर्षीया कविता कार्की खड्का, कविताकी छोरी ७ वर्षीया स्वस्तिका, साविना विक र हिराबहादुर कार्कीको ज्यान गएको थियो । दुर्घटनामा नाबालकसहित तीन जना घाइते भएका छन् ।
गोकुलगंगा गाउँपालिका–४ बेतालीका वडाध्यक्ष रामचन्द्रको उपनिर्वाचनभन्दा दुई दिन अगाडि निधन भएको छ ।