Logo
२९ पुस २०८१, सोमबार
(November 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सदभाव र मर्यादामा आँच पुर्‍याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौँ । गृह मन्त्रालयले केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने काम गरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउने किसिमले घृणाजन्य त्यस्ता अभिव्यक्ति सार्वजनिक गर्नेलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउन सचेत गराएको छ ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विभिन्न जातजाति, धर्म सम्प्रदायबिचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरूलाई निरुत्साहित गर्न विभिन्न कानुनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराध मानेको पनि मन्त्रालयले स्मरण गराएको छ ।

home-m

प्रकाशित मिति: Nov 29, 2024

प्रतिक्रिया दिनुहोस्