Logo
२९ पुस २०८१, सोमबार
(November 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति विकास कोषलाई उच्चको आदेश, ‘मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउनु’

काठमाडौं, १४ मंसिर । उच्च अदालत पाटनले मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउन पशुपति क्षेत्र विकास कोषको नाममा आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले पशुपति विकास कोष सञ्चालक परिषद्ले गरेको निर्णय नं. २ र कोष र काठमाडौं महानगरबीच भएको सहमति हाललाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।

पशुपति विकास कोषले मारवाडी सेवा समितिसँगको करार भंग गरी काठमाडौं महानगरपालिकालाई सञ्चालनका अनुमति दिएको थियो । करार भंग गर्ने पशुपति विकास कोषको निर्णयविरुद्ध मारवाडी सेवा समाजले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले पशुपति विकास कोषको पक्षमा फैसला गरेको थियो । फैसलापश्चत मारवाडी सेवा समाजलाई पुनरावेदन गर्ने अधिकार रहेको अवस्थामै फैसला कार्यान्वयन गराउन खोजिनु न्यायसंगत नरहेको उच्चको ठहर छ । File Photo/RN

 

 

 

प्रकाशित मिति: Nov 29, 2024

प्रतिक्रिया दिनुहोस्