Logo
२६ पुस २०८१, शुक्रबार
(November 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको घोषणा- अस्थायी, ज्यालादारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउँछौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गर्नुभएको छ ।

केही दिनमात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले बताए । सातौं साामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकालाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

वैदेशिक रोजगारीमा गएका सबै युवाहरूलाई सो कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ । केही दिनमात्रै पनि सेवा गर्छ भने यो नियम लागू गर्नु पर्दछ ।

र, यस अनुसार थोरै भएपनि सामाजिक सुरक्षा हुनुपर्दछ । यसमा विभिन्न मात्रामा, विभिन्न ढंगले, विभिन्न तरिकाबाट आमन्त्रण गर्नुपर्दछ ।

देशबाहिर रोजगारीमा रहेका युवाहरू २५/२६ लाख युवाहरू बाहिर गएका हुन सक्दछन् अहिलेसम्मको स्थितिलाई हेर्दा । एउटा के छ भने एयरपोर्टमा भिड देखाउँछ । तर जानेको हो कि आउनेको हो ? त्यो छुट्टिदैँन ।

मान्छे गएका मात्रै होइनन, फर्केका पनि छन् नि । रोजगारीका लागि केही समयका लागि सम्झौता अन्तर्गत उनीहरू बाहिर गएका हुन् फर्किन्छन् । ’

प्रधानमन्त्री ओलीले सरकारले जनताको सुख र समृद्धिबाहेक अरु कुनै अभिष्ट नराखेको बताए ।

प्रकाशित मिति: Nov 26, 2024

प्रतिक्रिया दिनुहोस्