गाडीको ठक्करबाट ज्यान गुमाएका नगरकोटी दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश भुजेलले चलाएको गाडीले ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीसँग भेट गरेका छन्।
प्रचण्डले सोमबार बेलुका कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट पुगेर प्रचण्डले दुई बालिकासहित नगरकोटीको परिवारसँग भेट गरेका हुन्।
कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ३८ वर्षीय नारायण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीको मृत्युु भएको थियो।
भेटमा प्रचण्डले नगरकोटी दम्पत्तीको मृत्यु भएपछि दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफूसँगै रहने प्रतिबद्धता जनाएको प्रचण्डको स्वकिय रमेश मल्लले बताए।
निधन भएका नगरकोटी माओवादीका नेता समेत थिए।