Logo
२५ पुस २०८१, बिहीबार
(November 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीआरआईबाट नेपालले लाभ लिनुपर्छ : पूर्व प्रधानमन्त्री डा. भट्टराई

काठमाडौं, १० मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले चीनको बीआरआईबाट लाभ लिनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्व प्रधानमन्त्रीहरुको बैठकमा सहभागी हुन नसकेको जानकारी गराउँदै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको सफलताको शुभकामना दिने क्रममा यस्तो सुझाव दिएका हुन् ।

उनले नेपाल दशिक्ष एशियामै र विश्वमा सवभन्दा पूरानो स्वतन्त्र र सार्वभौम देश भएकोले यसको सार्वभौमसत्तालाई संरक्षण गर्नुपर्ने दायित्व सम्झाएका छन् । उनले नेपालले अमेरिका, चीन र भारतलगायत सबै देशसँग आफ्नो राष्ट्रिय स्वार्थअनुसार मित्रवत् सम्बन्ध कायम गर्नुपर्नेपनि सुझाव दिएका छन् ।

नेपालको धिमा गतिको आर्थिक विकासलाई गिति दिन र वकसित गर्नको लागि पनि भारत र अमेरिकासँग सहकार्य गरेझैं चीनको बीआरआईबाट पनि लाभ लिनुपर्ने बताएका हुन् । सत्ता गठबन्धनमा बीआरआई पेचिलो विषय बनेको छ । कांग्रेसले बीआरआई कुनैपनि हालतमा ऋणमा लिन नहुने अडान राखेको छ ।

प्रकाशित मिति: Nov 25, 2024

प्रतिक्रिया दिनुहोस्