Logo
१ माघ २०८१, मंगलबार
(November 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनपीएलको ट्रफीमा सगरमाथा आधार शिविरको ढुंगा

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्।  आज बिहान धरहरा परिसरबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफीको अनावरण गरेका हुन्।

अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित आठ वटा टिमका मार्की खेलाडी सहभागी थिए। ​ ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटनमा पनि सहयोग पुर्‍याउने बताए।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए। उनले यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ। एनपीएलका ८ फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा सहभागी रहने भएका छन्।

प्रकाशित मिति: Nov 25, 2024

प्रतिक्रिया दिनुहोस्