Logo
१ माघ २०८१, मंगलबार
(November 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चले सरकारलाई सोध्यो दुर्गा प्रसाईँलाई थुन्नुको कारण

काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतले दुर्गा प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरणमा बन्दीसहित उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको छ । साइबर अपराध मुद्दामा थुनामा रहेका मेडिकल व्यवसायी प्रसाईँको हकमा उनका छोरा निराजन प्रसाईंले गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन भनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनी फके भिडियो बनाएर भ्रम सिर्जना गरेको भन्दै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Nov 24, 2024

प्रतिक्रिया दिनुहोस्