Logo
२५ पुस २०८१, बिहीबार
(November 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय

काठमाडौँ । जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाको सांसद पद जोगिएको छ । सभामुख देवराज घिमिरेले जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार जनमत पार्टीले पठाएको पत्रबारे निर्णय गर्दै सभामुखले उनलाई पदबाट नहटाउने निर्णय गरेको जानकारी दिए ।

‘सभामुखज्यूबाट निर्णय भएको छ‚’उनले भने- ‘राजनीतिक दल सम्बन्धी ऐन ऐनको दफा ३२ को उपदफा १‚२‚३‚४ र ५ सम्बन्धी जुन प्रक्रिया छन् त्यी प्रक्रिया पुरा भएको नदेखिएको त्यसैगरी दफा ३८ को प्रक्रिया पुरा भएको नदेखिएकोले सांसद पद गएको सूचना निकाल्न नपर्ने निर्णय सभामुखज्यूबाट भएको छ ।’

प्रवक्ता गिरीले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८‚ दफा ३२ र ३८ को प्रावधानमा आधारित भएर सभामुखबाट निर्णय भएको उनले जानकारी दिए ।  पार्टी अनुशासन विपरीत काम गरेको भन्दै जनमतले लाभलाई कारवाही गरेको र सांसद पदबाट हटाइएको सूचना टास गर्न भन्दै संसद् सचिवालयमा पटक पटक पत्र दर्ता गराएको थियो ।

सभामुखले पत्रको सुनुवाइ नगरेको भन्दै पार्टी अध्यक्ष सिके राउत आफैँ संसद् सचिवालय पुगेर सभामुखसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: Nov 22, 2024

प्रतिक्रिया दिनुहोस्