Logo
७ मंसिर २०८१, शुक्रबार
(November 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बन्दी  प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायी मार्फत सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता गराएका हुन् ।

रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।

लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।  उनीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: Nov 22, 2024

प्रतिक्रिया दिनुहोस्