Logo
७ मंसिर २०८१, शुक्रबार
(November 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले प्रदर्शनको तयारीसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौँ ।  सत्तारूढ नेकपा एमालेले नै दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । एमालेले दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने घोषणा गरेर प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।

“हाम्रै भोटले उनीहरू सरकारमा गए अहिले उनीहरूले नै आन्दोलन गरेर हामीलाई दुःख दिइरहेका छन् । आखिर यो शक्ति प्रदर्शन कसको लागि ?” सुन्धारा क्षेत्रमा भेटिएका एक सर्वसाधारणले भने ।

अहिले काठमाडौँका मुख्य स्थानहरू न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार क्षेत्रमा अत्यधिक जाम छ ।

 

प्रकाशित मिति: Nov 22, 2024

प्रतिक्रिया दिनुहोस्