Logo
७ मंसिर २०८१, शुक्रबार
(November 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देशसहित एमालेले आज शक्ति प्रदर्शन गर्दै

 आज राजधानीका विभिन्न तीन ठाउँमा एकै समयमा शक्ति प्रदर्शन हुने भएको छ। जसअनुसार सत्तारुढ नेकपा (एमाले)ले जागरण सभा गर्दैछ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि शक्ति प्रदर्शनको तयारी गरेको छ । आज माइतीघरमा जारी सहकारी पीडितको आन्दोलनसमेत जारी रहने छ ।

एमालेले जागरण सभाका लागि प्रशासनबाट दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति पाएको छ । एक लाख हाराहारी मान्छे काठमाडौंमा उतार्ने तयारी गरेको एमालेले काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित बिहान ११ बजे दरबारमार्गमा कार्यक्रम सुरु गर्नेछ ।

त्यसैगरी साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि आज कोटेश्वरमा विरोध कार्यक्रमका लागि अनुमति पाएको छ । आज माइतीघरमा सहकारी पीडितको आन्दोलनसमेत जारी रहनेछ । सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: Nov 22, 2024

प्रतिक्रिया दिनुहोस्