माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते (तस्वीरहरु)
काठमाडौं । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा तीनजना घाइते भएका छन् । एकजनाको टाउको फुटेको छ ।
निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।
गठ्ठाघर चोक, चावाहिल चोक, पुल्चोक ललितपुर, कालिमाटी र सोहखुट्टे चोकबाट सहकारी पीडितहरुले प्रदर्शन गरेर माइतीघरमा भेला भएका थिए ।
माइतीघरमा भेला भएका पीडितहरुले आफनो रकम डुबेको सरकारीविरुद्ध ब्यानर , प्लेकार्ड बोकेका थिए ।
उनीहरुले सहकारीको पैसा फिर्ता र मंहगी अन्यतको माग गरेका छन् ।